१२ मंसिर, काठमाडौं ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सोपर्दा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । त्यसलाई सात बजेतिर खुलाएपछि बाटो दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक भई सडकमै तर्सो परेको थियो।
प्रकाशित मिति: १३ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया