११ मंसिर, काठमाडौं ।हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ ।  २७९ जनाको अवस्था अज्ञात छ ।

स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो ।बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेवल–फाइभ’ आगलागी हङकङमा १७ वर्षपछि भएको बताइएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com