काठमडौं कालेबुङ।

लामो समय देखि कविताकर्ममा साधनारत कवि राकेश क्रान्तिकारी यस पटक आफ्नो सोलो कविता कृति (अनाम प्रेमिका) लिएर पाठक माझ आमनेसामने गर्न आउँदैछन् ।

मुुक्त र स्वतन्त्र भावहरुलाई स्वच्छन्द रम्न दिने आफ्ना अभिव्यक्तिहरुमा बाँध्नसक्ने कवि राकेश आफ्ना कविताहरुमा केही अराजक पनि देखिन्छन् ।

केही उन्मुक्त,केही पारम्परिक,केही नियम प्रतिकूल र इमानदार अनुभूतिलाई शब्दमा उनेर पारदर्शी काव्यतात्मक झलक प्रस्तुत गर्नु उनको कविता लेखनको बिषेशता हो ।

कठिन समयलाई सम्बोधन गर्न कहिलेकाहीँ उनी लेखनमा आक्रमक भइजानु स्वाभाविकै हो,नवीन विम्बको अन्वेषण गर्दै अझ तिक्खर लक्षणाको खोजी टड्कारो रुपकको सन्धानमा उनको यात्रा अघि बढिरहेको भान हुन्छ पाठकलाई ।

(हाम्रो किताबघर)ले प्रकाशन गरेको (अनाम प्रेमिका)कविता कृतिको यहीँ अक्टोबर १८,को दिन कविकै गृहनगर कालेबुङमा विधिवत विमोचन हुँदै छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com