धरान काठमण्डौँ

कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनौट गरेको छ । पुस्तकालयमा प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरिएको हो ।

उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पूर्णवहादर गुरुङले बताए ।
उनका अनुसार आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको आफ्नै भवनमा आयोजना हुने कवि विमल गुरुङको ५४ औँ जन्मजयती तथा ३४ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिनेछ ।


छनौटमा परेका उत्कृष्ट १० कृतिहरू डायस्पोराःअवधारणा र अभ्यास ९रक्ष राई०, रातो नदी ९जुनु राना०, डोलीभर्ना ९डा। चित्र माबो०, सिमसारा ९वसन्त बस्नेत०, काँचको पोखरी ९टीका भाइ०, नातिपुस्ताको खेल ९कृष्ण बराल०, मोहोर ९सागर गैरे०, जब कविता निस्कन्छ जुलुसमा ९सुरज राना०, कोइलाखाद ९श्याम सिंघक० र गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन ९तेज बहादुर गुरुङ० रहेका छन् ।
यसअघि विमल गुरुङ कृति पुरस्कार नरेश काङमाङको कविता संग्रह तेप्लायु, विजय कैलाशी राईको आख्यान मित्याङ्सा, चन्द्र गुरुङको कविता संग्रह जव एउटा मान्छे हराउँछ, र प्रकाश थाम्सुहाङको निबन्ध संग्रह शब्दथुमलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com