काठमाडौँ, असार १७— लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। काठमाडौँ र पाँचथर जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो।
चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा याक्थुङ मुन्चइत चोक सयङ्ले निर्माण गरेको चलचित्रलाई सागर केरुङ्ले लेखन निर्देशन गरेका छन ।
मातृभाषा नजान्नेहरुलाइ पितृलोकमा लिन गर्ने र नगराउनेविचको द्वन्द्वात्मक कथालाई लिएर बनाइएको बताइएको छ । याक्थुङ फिल्म्सको ब्यानरमा निर्मित चलचित्रमा छायांकन युवराज राई, सम्पादन पर्शु थलङ, शब्द/संगीत सागर केरुङ, निर्माता नरेन्द्र सुब्बा, स्वर्गीय मिना सुब्बा, शृङ्गार तुलसा लिम्बू, कला अमर तुम्बापोको रहेको छ भने लक्ष्मी योङ्हाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पुर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मिना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू नेयोङ, सीता राई नेम्बाङ, तिर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ, नरेन्द्र सुब्बा लगायतले अभिनय गरेका छन ।
याक्थुङ मुन्चइत चोक सयङले ७० वर्ष माथिका अग्रज कलाकारहरूलाई मासिक भत्ता प्रदान गर्ने उद्देश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ स्थापना गरेको छ। अक्षयकोषलाई बलियो बनाउने हेतुले एकैसाथ एक दर्जन लिम्बू भाषाका लघु चलचित्रहरू प्रदर्शन गरिने र त्यहाँबाट संकलित आम्दानी अक्षयकोषमा लगानी गरिने योजना सार्वजनिक गरिएको छ।

https://esewaro.com/wp-admin

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com