फाइल तस्वीर

१२ चैत, काठमाडौ । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको बताए ।

‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन,’ उनले भने, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ । त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु । संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भने ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com