२४ माघकाठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।

६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।

‘अस्पतालमा ल्याउँदा नै अनकन्सिएस अवस्थामा हुनुहुन्थ्यो । कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिहाले थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयाे ।’

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

प्रकाशित मिति: २५ माघ २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com