२३ मंसिर, काठमाडौं । लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्जसँग भेटवार्ता गरेका छन् ।

उनले सोमबार लन्डनमा बेलायती प्रधानमन्त्री स्टार्मर, फ्रन्सेली राष्ट्रपति म्याक्रो र जर्मन चान्सलर मर्त्जसँग भेटवार्ता गरेका हुन् ।भेटवार्ताका क्रममा पछिल्लो साता युक्रेनी र अमेरिकी अधिकारीका तर्फबाट तयार गरिएको एक नयाँ शान्ति प्रस्तावमा चर्चा भएको बीबीसीले जनाएको छ ।

युरोपियन देशका नेताहरूले युद्ध समाप्तिको दिशामा कदम अगाडि बढाउनका लागि युक्रेनलाई समर्थन बढाउने र रूसमाथि दबाव बनाउने ‘अहम् समय’ भएको बताएका छन् ।अमेरिकाले युक्रेनमाथि रूससँग सम्झौताका लागि दबाव सिर्जना गरिरहेको भन्दै उनीहरूले युक्रेनको सुरक्षा सुनिश्चितताका अझै काम गर्न आवश्यक रहेकोमा जोड दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

छलफलका क्रममा जेलेस्कीले युक्रेनले मंगलबार अमेरिकाका साथ संशोधित शान्ति प्रस्ताव साझा गर्ने बताएका थिए । जेलेन्स्की नेटो अधिकारीहरूसँग भेटवार्ता गर्न ब्रसेल्स गएका छन् ।गता साता फ्लोरिडामा युक्रेनका अधिकारीहरू र अमेरिकी वार्ता टोलीबीच तीन दिनसम्म छलफल चलेको थियो । छलफलका दौरान युक्रेनी अधिकारीहरूले अमेरिका समर्थित शान्ति प्रस्तावमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त प्रस्तावलाई रूसको पक्षमा रहेको मानिएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com