२२ मंसिर, काठमाडौं ।सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।

छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।

पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com