१५ मंसिर, काठमाडौं ।नेकपा एमालेले पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ ।

द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने भएपछि एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका हुन् ।पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं,’ गुरुङले सामाजिक सन्जालमा लेखेका छन्, ‘र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।’

तर, यसले आफ्नो कदम नरोक्ने चेतावनी उनले दिएका छन् । ‘किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले लेखेका छन् ।

प्रकाशित मिति: १६ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com