१४ मङ्सिर काठमाडौँ ।जेनजी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्ताव राखिएको विवादास्पद ‘ड्राफ्ट’ लाई ‘अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप’ भएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार लेख्दै बमले विगत केही सातायता केही स्वार्थ समूहद्वारा प्रेरित व्यक्तिहरूले तयार पारेको भनिने उक्त ड्राफ्टबारे असहमति जनाउँदै संविधान संशोधनजस्तो विषय दबाबमार्फत गर्न नहुने बताएकी छन् ।‘संविधान संशोधनजस्तो संवेदनशील मुद्दा दबाब मार्फत अघि सार्ने प्रयास अस्वीकार्य छ,’बमले भनेकी छन्, ‘हामी संविधान पुनरावलोकनको पक्षमा छौँ, तर त्यसका लागि जनताको स्पष्ट म्यान्डेट अपरिहार्य छ ।’

कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता एजेन्डा अघि सार्न चाहन्छ भने चुनावी घोषणापत्रमार्फत जनतासामु जानुपर्ने र यही लोकतान्त्रिक बाटो हुने उनको बुझाई छ ।सङ्क्रमणको यस्तो बेला संविधानका मूल मर्ममै प्रहार गर्ने खेल स्वीकार्य छैन’, बमको भनाइ छ । 

उनले चेतावनी दिँदै भनेकी छन्, ‘..तर हेक्का रहोस्, देश भनेको जादुको छडीले चल्ने चीज होइन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ ।’

उनले प्रत्यक्ष कार्यकारीलगायतका विषयमा व्यापक छलफल हुनु जरुरी रहेको पनि बताएकी छन् । ‘हामी संविधान पुनरावलोकनको पक्षमा नै छौँ तर त्यसका लागि जनादेश जरुरी छ । हामी लोकतान्त्रिक विधिलाई मान्दछौ । संविधान संशोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईंहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी विषयहरूलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ’, उनले भनेकी छन्– ‘त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।’

प्रकाशित मिति: १५ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com