१३ मंसिर काठमाडौँ–आज राजधानीस्थित कुञ्ज थिएटरमा ईलामका कवि ऋजन मायालु लिखित कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ को लोकार्पण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा अध्यक्षता साहित्यकार भुवहरी सिग्देलले गर्नुभएको थियो।

समारोहमा साहित्यकार अशोक थापा र कवि प्रेमिला राईले कृतिमाथि आफ्ना गहन पाठकीय दृष्टिकोण व्यक्त गर्दै संग्रहका कविताहरूले समग्र ग्रामीण परिवेशको अर्गानिक सुगन्ध, यथार्थको धरातल, र समाजको सांस्कृतिक सौन्दर्यलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताए।

साहित्यकार थापाले कविताहरू धरातलमा टेकेर अर्गानिक बिम्बमा लेखिएका भनी प्रशंसा गरे भने कवि प्रेमिला राईले यस संग्रहमा महिला तथा उत्पीडित समुदायका आवाजहरू शक्तिशाली र बुलन्द रूपमा प्रतिध्वनित भएको धारणा राखे कार्यक्रममा कवि स्वप्निल स्मृति, सञ्जय सुमन तथा महेश कार्की क्षितिजले संग्रहमा समावेश कविताहरू वाचन गर्दै वातावरणलाई अझ सृजनशील र प्राणवान बनाएका थिए।

प्रकाशित मिति: १४ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com