१३ मंसिर काठमाडौं \प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच बर्षमा पहिचान सम्मान दिइने गर्दछ। वि।सं। २०८१र२०८२ ९सन् २०२४र२०२५० को पहिचान सम्मान श्रद्वेय साहित्यकार, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाज्यूलाई नगद रु। ५,०२,००२ ।–९अक्षरुपी पाँच लाख दुई हजार दुई रुपैँया० र ताम्रापत्र सहित पहिचान सम्मान प्रदान गर्ने भएको छ भने पहिचानको आन्दोलन र लेखनमा दिइरहनु भएको योगदानको कदर गर्दै यस वर्षको पहिलो पहिचान युवा सम्मान यस वर्ष श्री गणेश कुमार राई ९गीलुरातोस० ज्यूलाई रु। ५०,२०२ ९अक्षरुपी पचास हजार दुई सय दुई रुपैँया० र ताम्रापत्र सहित प्रदान गरिने ब्याहोरा कोष प्रेस विज्ञप्ति मार्फत जनाएकोछ।

यसभन्दा अघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । यसैगरी राजन मुकारुङको फेरिदो सौंन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर र सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर र अनन्त वाग्लेकोकदम, कविता राईको गुरु र अर्जुन माबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा र प्रकाशगुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा र राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ।

निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवासम्मान यस वर्षदेखि दिन घोषणा गरेको छ।

प्रकाशित मिति: १४ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com