१२ मंसिर, काठमाडौं ।धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा सुरू भएको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।धनगढीको कर्भडहलमा सभा हुनु अघि धनगढी चौराह र क्याम्पस चोकबाट र्‍याली निकालिएको थियो ।१९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

पार्टी एकीकरणको सन्देश दिन नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट एकता सभा सुरु गरेको हो ।सातै प्रदेशका ठूला शहरमा एकता सभा गर्ने तयारी गरेको नेकपाले भोलि शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गर्ने तालिका छ ।

यस्तै १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्देशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com