११ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उनको निवास पुगेका छन् ।चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र विवाद छ । दुई पक्षमा सहमति हुन नसक्दा केन्द्रीय समितिको बैठक निरन्तर स्थगित गरिएको छ ।
शुक्रबार बस्ने केन्द्रीय समितिको बैठक अघि सहमति जुटाउने प्रयासका लागि छलफल गर्न तीन नेता सभापति देउवा निवास पुगेका हुन् ।२८ असोजमा सभापति देउवाले कार्यवाहक सभापतिमा खड्कालाई जिम्मेवारी दिएर १० कात्तिकमा उनी उपचारका लागि सिंगापुर गएका थिए । देउवा २८ कात्तिकमा फर्केका थिए । उपचार गरेर फर्केपछि देउवा स्वयं सक्रिय हुन लागेका थिए ।
देउवाले आफू निकटका नेताहरू बोलाउँदै छलफल गर्दै आएका थिए । आज मात्रै देउवाले आफू निकटका पूर्वपदाधिकारीहरू बोलाएर छलफल गरेका थिए । उपचार गरेर फर्केपछि देउवालाई महामन्त्री शर्माले भेटे पनि अर्का महामन्त्री थापा भने पहिलो पटक छलफलका लागि पुगेका हुन् ।
प्रकाशित मिति: १२ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया