९ मंसिर,काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए।

मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन्पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन्।

मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन्।

प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com