कवि जेवी निखुन्त

कवितामा कला भरेर अक्षरहरुको सुन्दर चित्र बनाउँनु कवि जेवी निखुन्तको बिछट् बिशेषता हो।शब्दहरुलाई हृदयको औंलाहरुले टिपेर शिल्पकारिताको सियोले अर्थहरुमा उन्नु निखुन्त सिपालु छन्।

यो सवालमा उनी शिल्पलाई बडो जुनुनका साथ लेख्ने कवि हुन्।सम्पादक विशाल नाल्बो

प्रेम र ईश्वरको बाटो

उत्रदैछ वसन्त सुस्त सुस्त बाडुली लयमा ….

खोलिरहेछ चैतको थेत्तर बतास

युवती रुखको चौबन्दीको एकएक तुना ।

हरियो फरिया फेर्ने तमतयारीमा रहेको जंगल छ नजिकै।

फूल  – हाँसिरहेको  फुलदानी छ सँगै ।

चराहरु  – प्रेमालाप गरिरहेको डाली छ झ्याल नेर ।

पुतलीहरु – नाचिरहेको बगैँचा छ छेउमै।

नजिकै मन्दिर छ -भईरहेकोछ प्रेमको अनुष्ठान ।

नजिकै गुम्बा छ-गुञ्जिरहेुछ प्रेमको आत्मिक मन्त्र।

म छु हजुरसित – आमने सामने ।

टेवल छ – २ कप ताजा कफि छ सँगै।

हजुरका कोमलताहरुले – छोईरहेछ मेरा ढुकढुकी।

हजुरका सरसताले- छोईरहेछ मेरा आत्मा ।

डुब्दैछु उत्रदैछु – हजुरको सपाट हृदयमा।

उत्रदैछु डुब्दैछु- हजुरको निर्बाध आत्मामा।

ओ प्रिय मानिस !

डुब्नू अघि अँध्यारोको गहिरो समूद्रमा पहाड।

छुट्नु अघि साँझको स्टेसनबाट घाम ।

आउनुहोस्

सँगसँगै हिँडौँ प्रेम र ईश्वरको बाटो।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com