१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । लेखकलाई भने यसअघि नै पुर्‍याइसकिएको छ ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ लगिएको हो । आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com