८ चैत, काठमाडौं । दाङको दुई छुट्टाछुट्टै ठाउँमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

बंगलाचुली गाउँपालिका–६ सिउडेस्थित जंगलमा सोही गाउँपालिका–६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेल र राजपुर गाउँपालिका–७ भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com