२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् ।

उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com