२२ फागुन, । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् ।
एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार मत खसेको छ ।

यस्तै, सुर्खेत–१ मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com