२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक मतदान जारी छ । बिहान ७ बजेदेखि १२ बजेसम्म करिब ३२ लाख मत खसिसकेको छ ।

निर्वाचन बयोगका अनुसार ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ । प्रहरीले पनि कुनैकुनै जिल्लामा छिटपुट घटना हुनुबाहेक शान्तिपूर्ण मतदान भइरहेको बताएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com