२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका निकायमाथि कुनै हस्तक्षेप नगरेको बताएका छन् ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियारलगायतका निकायहरुमाथि कुनै हस्तक्षेप नगरेको दाबी गरेका हुन् । उनले ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको दाबीसमेत गरे ।

उनले सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान रहेको बताए । त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तासमेत भइसकेको उनले बताए ।उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सबै तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com