२३ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ।

९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त सैनिक अभ्यास ‘सूर्य किरण’ २२ मंसिरमा सम्पन्न भएको हो । यो अभ्यास २०६७ सालबाट नेपाल–भारतले पालैपालो गर्दै आएका छन् ।विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा सैन्य अभ्यास भएको छ । अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट पर्यवेक्षक प्रतिनिधिमण्डलको नेतृत्व उपरथी अनुपजंग थापाले गरेका थिए।

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ।

प्रकाशित मिति: २४ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com