२२ मंसिर काठमाडौं। विराटनगरस्थित कृष्णभूषण बल स्मृति प्रतिष्ठानले २०८१ सालका लागि पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।

प्रतिष्ठानको सोमबार बसेको कार्यसमिति बैठकले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरू र संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको हो।प्रतिष्ठानले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता र समालोचना विधामा अनवरत योगदान पुर्‍याएबापत भारतको पश्चिम बङ्गाल, कालेबुङ निवासी वरिष्ठ समालोचक तथा कवि डा. राजेन्द्र भण्डारीलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार(२०८१’ प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशि २५ हजार छ।

यसअघि यो प्रतिष्ठित पुरस्कारबाट जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी, शैलेन्द्र साकार र शिवशङकर थापाजस्ता वरिष्ठ स्रष्टाहरू सम्मानित भइसकेका छन्।

प्रकाशित मिति: २३ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com