२० मंसिर, काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको जिकिर गरे । साथै, मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी उनको थियो ।

‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र नयाँ समीकरणको सुरुवात पनि मधेशबाटै भएको छ,’ उनले भने, ‘मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सवैलाई आत्मसमिक्षा गर्दै सुध्रने अवसर दिएको उनको भनाइ थियो ।

जनेजी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत एकता गरिएको उनको भनाइ छ ।प्रचण्डले सबै जनताको एकताले मात्रै  प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने समेत बताए ।

एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनको भनाइ थियो ।त्यस्तै, मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे ।

प्रकाशित मिति: २१ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com