१९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।

दुईदिने भारत भ्रमणमा नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् ।मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।’

रूसका राष्ट्रपति पुटिन बिहीबार दुई दिवसीय भारत यात्राका क्रममा नयाँ दिल्ली पुगेका थिए । उनी सवार विमान दिल्लीको पालम एयरपोर्टमा अवतरण भएको थियो ।पुटिनको स्वागतका लागि भारत्ीय प्रधानमन्त्री मोदी आफैं एयरपोर्ट पुगेका थिए । एयरपोर्टमा भएको औपचारिक स्वागतपछि दुवै नेताहरू एउटै गाडीमा बसेर मोदीको आवास पुगेका थिए ।

प्रकाशित मिति: २० मंसिर २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com