१८ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न हेलचक्र्याइँ गरिए विशेष महाधिवेशन आह्वान गर्ने जनाएको छ ।

विशेष महाधिवेशन पक्षधरको बिहीबारको भेलाले नियमित महाधिवेशन तालिका अनुसार गराउन सक्रियतापूर्वक भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।

१५औं महाधिवेशनको कार्यतालिका आइसकेपछि भएको विशेष महाधिवेशन पक्षधरले बिहीबार भेला गरेको थियो ।भेलामा सहभागी विशेष महाधिवेशनको हस्ताक्षरका अगुवा नारायण भट्टराईले भने, ‘१५औं महाधिवेशन रोक्न प्रपञ्च गरेर कार्यतालिका कार्यान्वयन हुन नदिए विशेष महाधिवेशन आह्वान गर्छौं ।’

पार्टी केन्द्रीय समिति बैठकले २६ देखि २८ पुसमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मतले पारित गरेको छ ।

१६ पुसमा वडा अधिवेशन गरेर २६ पुसदेखि महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ । तहगतको अधिवेशन सुरु हुनुअघि क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्ने हुन्छ ।कार्यतालिका कार्यान्वयन गर्ने विशेष महाधिवेशन पक्षधरले आ-आफ्नो क्षेत्रमा गएर क्रियाशील हुने निर्णय गरिएको भट्टराईले जानकारी गराए ।

भट्टराईले अनलाइनखबरसँग भने, ‘हाम्रो तर्फबाट नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न सक्रियतापूर्वक भूमिका निर्वाह गर्छौं । तर, महाधिवेशनको कार्यतालिकालाई कार्यतालिका मात्रै बनाउने नियत राखिएको भए विशेष बोलाउन बाध्य हुनेछौं ।’कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com