१७  मंसिर, काठमाडौं।कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन् ।

रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् ।

उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी  शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com