१३ मंसिर, काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ ।

महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।

कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति जुट्न सकेको छैन ।देउवा पक्षीय शीर्ष तहका नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । सभापति देउवा स्वयं भने आगामी पुसमा महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् ।

दुई महामन्त्रीले नियमित महाधिवेशन गर्नै नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवादले २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्न सकेको छैन ।कार्यवाहक सभापति खड्का केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि शीर्ष तहमा छलफल गरिरहेक पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति: १४ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com