१२ मंसिर, काठमाडौं ।सुदूरपश्चिको धनगढीमा शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले सन्देश सभा आयोजना गरेको छ । सातवटै प्रदेशमा सन्देश सभा गर्ने सो पार्टीले बताएको छ ।

जस अनुसार, आज पहिलोपटक धनगढीमा सन्देश सभा आयोजना भएको हो ।उक्त सभामा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताए ।यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको प्रचण्डको भनाइ छ।

‘आज हामीलाई कता–कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो । तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं । बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्यून हुने हो कि भन्ने चिन्ता थियो । अर्कोतिर सुरक्षा व्यवस्था एक दुई दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सोसियल मिडियाबाट हेरिरहेका थियौं । सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो । तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो,’ उनले भने।

प्रकाशित मिति: १३ मंसिर २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com