१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि छलफलमा बोलाएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनबारे छलफल हुन लागेपछि उनले नेताद्वय निधि र सिटौलालाई पनि बोलाएका हुन् ।स्रोतका अनुसार सभापति देउवाले खड्का, थापा र शर्मासँग तय भएकै समयमा नेताद्वय निधि र सिटौलालाई छलफलका लागि महाराजगञ्जस्थित हाल बस्दै आएको निवासमा बोलाएका हुन् ।

सभापति देउवाले बोलाएपछि निधि र सिटौला संस्थापन पक्षीय नेताहरूको नयाँ बानेश्वरस्थित आनन्दभूभि इभेन्ट्समा जारी भेलाबाट बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।उनले बिहीबार पनि निधि र सिटौलासहितका पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग सामुहिक छलफल गरेका थिए । छलफलका क्रममा सभापति देउवाले आफ्नो नाम भजाइएको विषयमा असन्तुष्टि जनाएका थिए ।

पूर्वपदाधिकारीसहितका नेताहरूसँगको छलफलपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुंगिएको थियो ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com