१२ मङ्सिर काठमाडौँ । जेनजी अगुवा भावना राउतले वर्तमान सरकारले जनेजीहरुका आवाज नसुनेको भन्दै ओली सरकार अहिलेको नागरिक सरकारमा खासै भिन्नता नभएको बताएकी छन् ।शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै लामो स्टाटस लेखेर राउतले यस्तो बताएकी हुन्।

उनले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नगरेकोमा पनि असन्तुष्टि जनाएकी छन् । ‘सडकमा सहिदका रगत अझै आलै छन्, आमाका आँखा अझै न्यायकै प्रतीक्षामा छन्’, राउतले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘तर उनीहरू जेका लागि लडे त्यही मर्म यो सरकारले बिस्तारै व्यर्थ बनाइरहेको छ । हाम्रो प्रश्न कुनै व्यक्तिमाथि होइन, प्रवृत्तिमाथि हो ।’

साथै उनले संसारले गलत भनेका मान्छेलाई राज्यले तामा–तुलसी चढाएर चोख्याउँदै लैजानु गलत रहेको र सहिदका बलिदानमाथिको अपमान भनेकी छन् ।यदि “म नै म” भन्ने प्रवृत्ति चलिरहने हो र बाहिर उठेका आवाज सुन्ने इमानदारिता नहुने हो भने, ओली सरकार र नागरिक सरकारबिच मैले खासै फरक देख्दिन’, राउतको भनाइ छ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com