११ मंसिर, काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी मुस्कान खातुनले आफूमाथि तेजाब आक्रमण गर्नेले अनुहार जलाएको भए पनि आफ्नो सपना नजलेको बताएकी छिन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन,’ उनले भनिन् ।साथै, उनले सबै जेनजी पुस्तालाई एक ठाउँमा उभिन पनि आग्रह गरिन् ।‘सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ,’ उनले भनिन् ।उनले देशमा तेजाब आक्रमणको मात्रै नभइ धेरै हिंसा दिदिबहिनीहरूले खेप्नुपरेको जिकिर गरिन् ।‘यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन,’ उनले भनिन्, ‘यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ ।’

यस्तो मुस्कानको सम्बोधन :

मेरो नाम मुस्कान खातनु हो । म तेजाब आक्रमणको अभियन्ता तथा मानव अधिकारकर्मी । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन । यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ । आज म जेनजी भएकाले सम्पूर्ण जेनजीको विचार बुझेको कुरा भन्न चाहन्छु ।

जेनजीले चाहेको हाम्रो देश प्रगति होस् । हाम्रो देशमा भएको भ्रयष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा म जोडिएको छु । सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एकता हुन जरुरी छ । हामी एकता भयौं भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ । अवश्य पनि भ्वाइलेन्सको पनि अन्त्य हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाचौं, देशका लागि मरौं । म नेपाली भएर कारणले गर्दा सबैभन्दा पहिला चिनिने हाम्रो देश हो । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि म नेपाली हुँ भनेर प्राउड फि गर्न जरुरी छ । त्यसैगरी यहाँ हाम्रो उपस्थित हुनुभएका प्रचण्ड, माधव कुमार नेपालज्यूलाई धेरै धेरै धन्यवाद ।

जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com