११ मंसिर, काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो।

त्यस्तै, एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय मुस्कान खातुन पनि नेकपामा प्रवेश गरेकी छिन् । अहिले सभा गृहमा घोषणा सभा चलिरहेको छ।

प्रकाशित मिति: १२ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com