काठमाडौं ।शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन्।

मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो।अहिलेसम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलव खुवाएको जानकारी मन्त्रालयलाई आएको बताउँदै उनले भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु।

बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्न मन्त्री पुनले भनेका छन्।मन्त्री पुनले स्थानीय सरकारलाई सचेत गराउन ट्रेड युनियनका नेतालाई आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: ११ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com