काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूको असली अभिभावक आफूहरू भएको दाबी गरेका छन् । 

मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी युवाहरूको मुद्दा आफूहरूले उठाएको दाबी गरेका हुन् ।  हामीले युवाहरूको मुद्दालाई सम्बोधन गरेका छौँ । युवाका सही आवाजलाई सबैभन्दा पहिले समर्थन गर्‍यौँ । बलपूर्वक दमन नगरियोस् भनेर सरकारलाई खबरदारी गर्‍यौँ । जेनजी पुस्ताहरूको असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने कुरा बुझ्दै गएका छन् । हजारौँ युवाहरू पार्टीमा समाहित हुने कुरा बढेको छ’, उनले भने।

प्रचण्डले ढिलो चाँडाे सच्चा कम्युनिस्ट, वामपन्थी दलहरू नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा गोलबन्द हुँदै जाने जिकिर गरे । धेरै पार्टी एकताबद्ध भएर नयाँ शक्ति सिर्जना हुने उनले विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com