९ मङ्सिर ।रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अपडेट गरिएको शान्ति योजना’को उल्लेख गरिएको छ । दुवै पक्षले यसलाई ‘अपडेटेड र संशोधित खाँका दस्ताबेज’ भनेका छन् । अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू बिच आइतबार जेनेभामा वार्ता भएको थियो ।

यसअघि, अमेरिकाले एउटा शान्ति योजना प्रस्ताव गरेको थियो । रुसको लागि अनुकूल भन्दै यूरोपेली देशले यसको विरोध गरेका थिए । नयाँ योजनामा समावेश गरिएका १९ बुँदाहरू प्रारम्भिक योजनाबाट लिइएको फाइनान्सियल टाइम्स पत्रिकाले एउटा समाचारमा एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ ।रोयटर्सका अनुसार अद्यावधिक गरिएको नयाँ शान्ति योजनाबारे थोरै जानकारी प्राप्त भए पनि यसले पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न सक्दैनन भन्ने बताएको छ । तर यसमा  पूरै प्रतिबन्ध भने नलगाइएको पनि समाचारमा भनिएको छ ।

योजना अनुसार, डोनबास क्षेत्र रूसलाई सित्तैमा दिइने छैन । युक्रेनले रुसले कब्जा गरेको आफ्नो क्षेत्र पुनः प्राप्त गर्न कूटनीतिक माध्यमहरू अपनाउन सक्नेछ । युद्ध अपराधका लागि दिइएको आममाफी पनि फिर्ता लिइएको छ । यी वार्तामा महत्त्वपूर्ण प्रगति भएको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले बताएका छन् । 

प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com