८ मंसिर, काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् ।

उनले भनेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’

अमिताब बच्चन, आमिर खानलगायत बलिउडका दिग्गज कलाकारहरू अन्तिम संस्कारका लागि विले पार्लेस्थित पवन हंस श्मशान स्थलमा पुगेका थिए ।यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्स सहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com