दीपेन्द्र आचार्य

शब्दलाई गह्रौ भारी नबोकाइकन काव्यात्मक कलाकारिताले विचारको मूलबाटोमा आफ्ना सिर्जशील अक्षरहरु दगुराउँन माहिर कवि हुन् दीपेन्द्र आचार्य।उनी आफ्ना कविताहरुमा आफू बाचीआएको समाज बडो इमान्दारिताका साथ लेख्छन्। यस अर्थमा उनी समाजको अनुहार छर्लङ्गै देखाउने कवि हुन्।भर्खरै उनको कविताको किताब व्यापार पृथ्वीको इन्डिगो इन्क प्रकाशन गृहबाट बजारमा आएको छ ।सम्पादक विशाल नाल्बो

मान्छेको बस्ती

म घनघोर जङ्गलमा हराएको थिएँ
यति घनघोर जङ्गल कि
त्यहाँ भुइँभरि घाँस थिए
किरा फट्याङ्ग्रा थिए
मुसाहरू थिए
भ्यागुता,सर्प सबै थिए।

आकाशमा थिए चील गिद्धहरू
त्यहाँ केवल मान्छेहरू थिएनन्
घरहरू थिएनन्
गाउँहरू थिएनन्
अनि थिएनन् पाठ्शालाहरू
पाठशाला नभएपछि किताबहरू थिएनन्
किताब नभएपछि अक्षर र शब्दहरू थिएनन्
तर भाषाहरू जरुर थिए त्यहाँ
चराको गीत
झरनाको सङ्गीत
खोलाको आवाज
हावाको सुसेली
सबै थिए त्यहाँ
र त मान्छे थिएनन्।

तिमी मान्छेको बस्तीमा हराएको कति भयो?

प्रकाशित मिति: ९ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com