अक्षरलाई बढो जतनका साथ हृदयका औंलाहरुले टिपेर कवितामा उन्नु र कलात्मक शिल्पकारिताको निर्माण गर्नु दिपा मेवाहाङ राईको मूलभूत लेखनीको खासियत हो।उनको कविताहरु बिचार पहिचान र जीवन अनुभूतिलाई शीर उप्पर बोकेर प्रेमको मुलायम बाटो भएर हिँड्छन्।राई दूारा लिखित पुस्तक (यादको सन्दुक)२०७८ सालको मदन पुरस्कारको सर्टलिष्टमा परेका थिए।कविताकर्ममा निरन्तर साधनारत राई साहित्यिक आन्दोलन(इतर अभियान)को शीर्षस्थ प्रर्वद्धक मथ्ये एक हुन्। सम्पादक विशाल नाल्बो

प्रतिहरू प्रति

एक दिन तिमी
मघुमास बोकेर आयौ
तिमी आउनुमा मेरो मन
हर्षले नाच्नु पर्ने थियो तर नाचेनन्
तिमी आएपछि न कहिले उत्सब मनाए।

तिमी रहँदा
म कति सार्थक थिए भनेर सोच्नु
म आफैलाई धोका दिनु हो
तिमी रहँदा
म कति सार्थक थिए भनेर नसोच्नु
मैले तिमी माथि अन्याय गर्नु हो।

बाटोहरु जसरी
आउने जाने हुन्छन्
यात्राहरु सधै सहज र सिधा मात्र हुन्छ भन्ने पनि छैन
समय अन्जान मोडिन सक्छ घुम्तीहरू जिन्दगीको
छुटेर रहन्छन् केही मोडहरु
अदृश्य पर उता हुँदै जानेछन्
सहर्ष हाँसोले स्वागत गर्नै पर्छ।

आशाको धमिलो सलेदो
भरोसामा कस्सेर मुठीहरू
बर्तमानलाई सपनामा बदल्नु छ
पदचापमा बिजेका काँडा उपर
ओठका मायवी मुस्कान छरेर
मनहरू फाट्दा पनि मुटुले जोडेर
धर्ति र क्षितिज बन्नु छ।

तर
आज तिमी त्यही घुम्ती मोडिएर जादैछौ
तिम्रो बिदाईमा यसरी उभिएको छु
जसरी हावाको चापले आकाशिएको
बेलुन आयु नापेर नाची रहेछ
लाभाहरुको उत्तेजित यौवनाहरु
हुर्किएर पुतलीमा परिणत भएको जस्तै।

र,आज सोचमग्न छु म
मस्तिष्क व्याकुल भएको छ
मुटु बेकसुर बेहत छ
आखाँहरू ओसिलो बनी सान्त्वनामा बग्छ
आखिर मुटुहरु किन एमरोज सडकमा
आन्दोलन गर्न निस्किन्दैनन?

प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com